Breaking News
कांग्रेस महाधिवेशन : सभापति पदमा पुनः मतदान हुन सक्ने संभावना बढ्यो

काठमाडौं, मंसिर २८ –
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ ।
राष्ट्रिय सभागृहमा जारी सभापति पदतर्फको मतगणना सकिनै लागेको छ । पहिलो चरणमै सभापति पदको छिनोफानो हुने सम्भावना निकै न्यून भएको बताइएको छ ।
कांग्रेसको निर्वाचन समितिले दिएको विवरणअनुसार खसेको कूल ४, ६७९ मतमध्ये ४००० मत गनिसकिएको छ ।
बैभन्दा अगाडि रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म १९०० मत ल्याएका छन्। उनले जित्न अझै ४४० मत ल्याउनुपर्ने हुन्छ। अब ६७९ मत मात्र गन्न बाँकी छ ।
शेखर कोइराला पनि पछिपछि तथा अन्य तीन उम्मेदवारलाई पनि मत बाँडिइरहेकाले देउवाले जित्ने सम्भावना निकै कम छ ।
कसैल पनि ५१ प्रतिशत मत नल्याए आजै साँझ पुनः मतदान गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।
अहिलेसम्मको मत परिणाम :
शेरबहादुर देउवा – १९००
शेखर कोइराला –१४६७
प्रकाशमान सिंह – २९६
विमलेन्द्र निधि – २३०
कल्याण गुरुङ –२०
























