Breaking News

नारायणी किनारमा आज सप्तरङ्ग कार्यक्रमः निःशुल्क प्रवेशको व्यवस्था, टेलिकमको सिम निःशुल्क पाइने

Banner

चितवन,मंसिर २७-

आज चितवनको नारायणी नदी किनारमा ‘सप्तरङ्ग–३’ सांस्कृतिक कार्यक्रम हुने भएको छ । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरङ्ग’ ले आज नारायणी किनारमा कलाकारको सहकार्यमा सचेतना फैलाउने छ । यो कार्यक्रम सातवटै प्रदेशमा आयोजना गरिएको छ । पूर्वका विभिन्न सहरमा कार्यक्रम सकेर सप्तरङ्ग टिम आज चितवन आइपुगेको हो ।

‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाई लाई जनमानसमा कला मार्फत प्रष्ट्याउनुनै ‘सप्तरङ्ग’को मूल आशय हो । पहिलो र दोस्रो संस्करण सद्भाव र ऐक्यबद्धतामा केन्द्रित भएको थियो । कला संस्कृतिलाई उजागर गर्दै २४ मङ्सिर देखी काँकडभिट्टाबाट सुरु भएको ‘सप्तरङ्ग–३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ ।

काँकडभिट्टा लगत्तै मङ्सिर २६ जनकपुर , २८ गते आज चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ। ‘सप्तरङ्ग–३’ मा अभिनेता राजेश हमाल , गायक बद्री पङ्गेनी , प्रमोद खरेल , रामकृष्ण ढकाल, अनिल सिंह , हास्य कलाकार सन्दीप छेत्री , राजा राजेन्द्र पोखरेल गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती जस्ता कलाकारहरू सहभागी हुने छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले आज एक सूचना जारी गर्दै सप्तरङ्ग कार्यक्रममा सहभागी हुन सबैलाई आब्हान गरेको छ । नेपाल समेत आयोजकको रुपमा रहेको कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रम ४ बजेदेखि सुरु हुनेछ ।

नेपाल टेलिकमले आज चितवनको नारायणी किनारमा निःशुल्क सिम वितरण गर्ने भएको छ । नेपाल टेलिकमको प्रायोजनमा हुने सांगीतिक कार्यक्रम ‘सप्तरङ्ग–३’ को अवसरमा निःशुल्क सिम वितरण गर्न लागिएको हो । नेपाल टेलिकम भरतपुरले सोमबार एक सूचना जारी गर्दै कार्यक्रमबारे उल्लेख गरेको छ । टेलिकमले सिम कार्ड लिन चाहने जोकोही व्यक्तिले नागरिकता वा पासपोर्टको फोटोकपी लिएर कार्यक्रमस्थलमा जान नेपाल टेलिकम भरतपुरका कार्यालय प्रमुख नविन कुमार मिश्रले अनुरोध गर्नुभयो ।

विगत पाँच वर्ष देखी निरन्तर रूपमा गृष्मा ब्रोडकाष्टिडले मनोरञ्जनको क्षेत्रमा आफ्नो मौलिक कार्यक्रमहरू मार्फत सिङ्गो देश र विदेशमा रही आएका आप्रवासी नेपालीहरूलाई एउटै साझा सागिंतिक धागोमा गाँस्दै आएको छ । नेपाल र नेपालीलाई चिनाऔँ र सारा विश्वमा फैलिएका नेपालीहरूले आफ्नो देशको प्रतिनिधित्व गर्दै जाति , धर्म, भाषा र भेसभुसालाई विश्व सामु आफै चिनाउनेछन् भन्ने मूल हेतुलाई आत्मसाथ गरी नेपाल चार जात छत्तिस वर्णको साझा फूलबारी हो भन्ने भनाई लाई प्रस्टाएको छ ।

पहिलो र दोस्रो संस्करणले सात प्रदेश बिचको आम जनताको सम्बन्ध सुमधुर बनाउन प्रभावकारी भएको थियो । यो संस्करणले सातै प्रदेशमा साङ्गीतिक यात्राको माध्यमबाट स्वास्थ्य र संवृद्धि को नारा लाई प्रवर्द्धन गरिनेछ । यसै गरी कार्यक्रमको होस्ट निता प्रधान , विवेक खतिवडा र नरेश भट्टराईले गर्ने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>