Breaking News

चितवनका सांसद विजय सुवेदी एमाले बागमती प्रदेश कमिटीको सचिव नियुक्त

Banner

चितवन,मंसिर २६-

नेकपा (एमाले) बागमती प्रदेश कमिटीको सचिवमा चितवनका सांसद विजय सुवेदी नियुक्त हुनुभएको छ । एमालेको जारी केन्द्रीय कमिटी बैठकले सुवेदीलाई प्रदेश कमिटी सचिवमा नियुक्त गरेको हो । चितवनका लोकप्रिय नेता सुवेदी बागमती प्रदेशको सामाजिक विकास मन्त्री समेत भइसक्नुभएको छ ।

यस्तै बागमती प्रदेश कमिटीको अध्यक्षमा केशव पाण्डे,उपाध्यक्षमा रामहरी सुवेदी र सहसचिवमा रत्न गुरुङ र महेश बर्तौला नियुक्त हुनुभएको छ ।

नेकपा (एमाले) ले प्रदेश अधिवेशनसम्मका लागि प्रदेश संगठन कमिटीका पदाधिकारी नियुक्त गरेको हो । एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव पदाधिकारी रहने गरि सबै प्रदेशमा नियुक्त गरेको हो । हिजोको केन्द्रीय कमिटी बैठकले माघ ८ गते प्रदेश अधिवेशनको मिति तोकिएको थियो । नयाँ पदाधिकारी आएपछि उनीहरु स्थानान्तरण हुने छ।

बैठकले ७ भौगोलिक प्रदेश र एक गैर भौगोलिक गरि ८ प्रदेशका लागि पदाधिकारी तोकेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>