Breaking News
सभापतिमा हारे सरकारबाट पनि हटाउन सक्ने प्रधानमन्त्री देउवा
०

काठमाडौँ, मंसिर २६-
आदिवासी जनजाति विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले जसरी पनि सभापतिमा जित्न आवश्यक रहेको बताएका छन् ।
आइतबार लैनचौरको एक बैंक्वेटमा कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले ‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् र जित्नै पर्छ भन्दै सहयोगका लागि प्रतिनिधिसँग भोट मागेका छन् ।
आफूले सभापतिमा हारे सरकारबाट पनि हटाउन सक्ने चिन्ता ब्यक्त गर्दै देउवाले भने, ‘मलाई जिताइदिनु होला । विगतमा पनि कांग्रेसलाई सबैको पार्टी बनाएर लगिरहेको हो । अब पनि मेरोभन्दा हाम्रो अनि सबैको साझा पार्टी बनाएर लैजानुपर्छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























