चितवन विशेष

सिर्जना स्कूलमा दन्त तथा मुख स्वच्छता सचेतना शिविर

Banner

चितवन,मंसिर २५-

एकदिने निःशुल्क दन्त तथा मुख स्वच्छता सचेतना शिविर शुक्रबार सम्पन्न भएको छ । सिर्जना ईङलिस स्कूल सरदपुर ९ भरतपुरमा शिविर गरिएको हो । चितवन मेडिकल कलेज भरतपुरका डाक्टर हरेन्द्र सिंहको नेतृत्वमा डाक्टर सुस्मिता पौडेल,डा. कल्पना थापा,डा.प्रतिक्षा गिरी,डा.कृष्टि सापकोटा लगायतको टोलीले निःशुल्क दन्त तथा मुख स्वच्छता सचेतना शिविर गरेको स्कूलका शिक्षक भिष्मराज लामिछानेले जानकारी दिए ।

विद्यालयका प्राचार्य मुना थापाले शिविरबाट करिब तीन सय विद्यार्थी प्रत्यक्ष लाभान्वित भएको जानकारी दिइन । प्राचार्य थापाले कार्यक्रम सञ्चालन गर्न सहयोग गरेकोमा आफ्ना सबै शिक्षक,कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरिन् । कार्यक्रमका संयोजक सुविन गौतम र अविनाश न्यौपानेले डाक्टर हरेन्द्र सिंहको सम्पुर्ण टोलीलाई धन्यवाद ज्ञापन गरे । विद्यालयले शैक्षिक गतिविधि वाहेक अन्य गतिविधि समेत सञ्चालन गर्दै आईरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>