Breaking News
विश्वप्रकाश र गगन एकै टिमबाट महामन्त्री उठ्ने
०

काठमाडौं, मंसिर २५-
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य गगन थापा एकै टिमबाट महामन्त्रीमा उठ्ने तयारी गरेका छन्। पार्टी सभापति शेरबहादुर देउवानिकट रहेका शर्मा देउवाको प्यानलबाट महामन्त्री नपाउने भएपछि नयाँ टिम बनाएर महामन्त्री उठ्न लागेका हुन। केन्द्रीय सदस्य शेखर कोइरालालाई सभापतिमा उठाएर उनकै टिमबाट महाकन्त्रीमा शर्मा र थापा उठाउने गरी अन्तिम तयारी गरिएको छ।
आज ५ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने भएकोले उपसभापति, महामन्त्रीलगायत अन्य पदका उम्मेदवार पनि तय गर्न छलफल भएको छ। यसअघि शर्मालाई तीन सभापतिका आकांक्षी शेखर कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहले महामन्त्री उठ्न निम्ता दिएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























