Breaking News

देउवा समूहबाट विश्वप्रकाशको विद्रोह,महामन्त्रीमा उम्मेदवारी दिने तयारी

Banner

काठमाडौं,मंसिर २५-

संस्थापन पक्षमा नेता कृष्णप्रसाद सिटौलाको औपचारिक प्रवेश भएपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले त्यहाँबाट विद्रोह गर्ने भएका छन्।

१३ औं महाधिवेशनदेखि नै सभापति शेरबहादुर देउवा पक्षमा रहेका प्रवक्ता शर्माले १४ औं महाधिवेशनमा पार्टी महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। तर, संस्थापन पक्षले सिटौलालाई टिममा राख्न प्रदीप पौडेललाई महामन्त्री बनाउने निश्चय गरेपछि शर्माले देउवा समूह त्याग्ने निश्चित भएको हो।

नेपाल विद्यार्थी संघका पूर्वसभापति शर्मा कांग्रेस प्रवक्ताका रुपमा कार्यरत छन्। युवा पुस्तामाझ लोकप्रिय शर्मालाई संस्थापन पक्षबाटै महामन्त्री उम्मेदवार बनाउने आशामा देशव्यापी अभियानमा उनी लागेका थिए। तर, अन्तिम समयमा सिटौला समूह संस्थापनमै मिसिएर शर्माको ठाउँमा प्रदीप पौडेल अघि आएपछि शर्माले देउवा समूह छाड्ने टुंगो गरेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>