Breaking News
पूर्वराजा ज्ञानेन्द्र किन बरबराएको ? चुपचाप बस या राप्रपामा आएर राजनीति गरः माधव नेपाल

रुपन्देही,मंसिर २५-
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्रको भूत जोगाउने कोसिस भइरहेको र त्यसको संरक्षण नेकपा एमाले तथा केपी ओली समूहले गरेको आरोप लगाएका छन् । समाजवादी प्रेस संगठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले भने– भूतको संरक्षण सुरु भएको छ, सलबलाउन र सहकार्य गर्ने भनेर वाणीहरु आइरहेको छन्, केही गतिविधि सुरु भएका छन्, यसले अग्रगामी शक्तिहरुलाई थप बलियो बनाउँछ ।
एमाले, राप्रपा र पूर्वराजाप्रति आक्रोशित बनेका नेता नेपालले पूर्वराजा ज्ञानेन्द्रलाई भने– किन बरबराएको ? चुपचाप बस्ने, नभए राप्रपामा आएर राजनीति गर्ने कि नयाँ दल खोल्ने । इतिहासमा हराएका शक्तिलाई खोजीखोजी ल्याउने प्रयत्न नगर्न राप्रपा र एमालेलाई आग्रह गर्दै उनले आन्दोलनबाट प्राप्ति उपलब्धीलाई असफल पार्न कसैले नसक्ने बताए ।
त्यस्तै उनले राष्ट्रियसभा चुनावमा गठबन्धन मिलेर उम्मदवारी तयार गर्ने समेत बताए ।

























