चितवन विशेष

दिव्यनगरमा लैङ्गिक हिंसा विरुद्धको जनचेतना अभियान

Banner

चितवन, मंसिर २४ –
भरतपुर महानगरपालिका २६ दिव्यनगरमा विद्यार्थीहरुलाई लैङ्गिक हिंसा विरुद्ध चेतना अभिवृद्धि गराइएको छ ।

परिवर्तनशील नमुना सहयोग समूह दिव्यनगरको आयोजनामा आदर्श माविमा शुक्रबार लैङ्गिक हिंसाविरुद्धको जनचेतना अभिवृद्धि कार्यक्रममा विद्यार्थीहरलई चेतना अभिवृद्धि गराइएको हो ।

कार्यक्रममा भरतपुर २६ का तीन सामुदायिक र १ संस्थागत गरी ४ विद्यालयका ३ देखि १२ कक्षामा अध्यनरत ३० जना विद्यार्थीलाई सहभागी गराइएको थियो । प्रत्येक विद्यालयका एकएक जना शिक्षकहरुलाई पनि सहभागी गराइएको थियो । कार्यक्रममा अधिवक्ता सूर्य बोहराले विद्यार्थीहरुलाई लैङ्गिक हिंसा विरुद्ध प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै भरतपुर २६ का अध्यक्ष ज्ञानप्रसाद खनालले आफूले सिकेका कुरा आआफ््नो विद्यालयमा गएर सबैलाई सिकाउन आग्रह विद्यार्थीहरुलाई गरे । लैङ्गिक हिंसा अन्त्य गर्न गलत दृष्टिकोणमा परिवर्तत हुन आवश्यक रहेको उनको भनाइ छ ।

उनले जाँडरक्सी खाने अभिभावक भएका घरमा लैङ्गिक हिंसा बढी हुने हुँदा मादकपदार्थ सेवनले लैङ्गिक हिंसा अन्त्य गराउन चुनौती थपिरहेको बताए । यस्तै सानै उमेरबाट मोबाइल चलाउने तथा सामाजिक सञ्जालमा जोडिँदा पनि लैङ्गिक हिंसा हुने गरेको बताउँदै उनले प्लस टु दिएपछि मात्र मोबाइल लिन सबैलाई आग्रह गरेका छन् ।

परिवर्तनशील नमुना सहयोग समूहका अध्यक्ष ऋषिकान्त पन्तले लैङ्गिक हिंसाविरुद्धको अभियान चलिरहेका बेला आफूहरुले पनि दिव्यनगरमा यो अभियान चलाएको बताए ।

आदर्श माविका शिक्षक देवेन्द्रशालि घिमिरेले सञ्चालन गरेको कार्यक्रममा नेपाल शिक्षक संघका पूर्वअध्यक्ष मुक्ति ढकाल, समूहका उपाध्यक्ष तिर्थलाल श्रेष्ठ, सदस्य हेमनारायण आचार्य लगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>