Breaking News
काँग्रेस महाधिवेशनः ओलीले टाढैबाट नमस्कार गरे, प्रचण्ड र नेपालले बसेरै फर्काए
०

काठमाडौं,मंसिर २४-
प्रमुख कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु लामो समयपछि शुक्रबार एउटै मञ्चमा देखिएका छन्। तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा अध्यक्ष रहेका केपी शर्मा ओली तथा पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपाल नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटनका बेला एउटै मञ्चमा देखिएका हुन्।
नेकपा विभाजित भएपछि अहिले ओलीले एमाले, प्रचण्डले माओवादी केन्द्र र नेपालले नेकपा एकीकृत समाजवादीको नेतृत्व गरिरहेका छन्। ओली र प्रचण्डबीच गत पुस ५ गतेपछि भेटघाट समेत भएको थिएन्।
शुक्रबार कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा पुग्दा ओलीले मञ्चमा चढ्ने क्रममा मञ्चमा आशीन सबैलाई नमस्कार गरेका थिए। प्रचण्ड र नेपालले बसेरै नमस्कार फर्काएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























