Breaking News

विमलेन्द्रको प्रस्तावः रामचन्द्र पौडेललाई सर्वसम्मत बनाऔं

Banner

काठमाडौं,मंसिर २४-

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति प्रस्ताव गरे आफूलाई स्वीकार्य हुने बताउनुभएको छ । शुक्रबार राजधानीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता निधिले पौडेललाई सर्वसम्मत सभापतिमा समर्थन गरे आफू पछि हट्ने बताउनुभएको हो ।

उहाँले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई समर्थन गरेको खण्डमा आफू पछि हट्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘रामचन्द्र पौडेल सर्वसम्मत नभए मेरो उम्मेदवारी कायमै रहन्छ ।’ निधिले १३औँ महाधिवेशनमा सभापति लडेका तीन नेताले पार्टी सभापतिमा फेरि दाबी नगर्नु नै राम्रो बताउनुभयो । सभापतिका चार दावेदारबीच सहमति खोज्ने र नभए निर्वाचनमा जाने उहाँको भनाइ छ ।

यसअघि शेखर कोइरालाले पनि पौडेललको नाममा सहमति भए आफू पछि हट्ने बताउनु भएको थियो । आजसम्म संस्थापन पक्ष र संस्थापनइतर पक्षले प्यानल घोषणा गर्न सकेका छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>