Breaking News
सकेसम्म सहमतिका साथ अगाडि बढ्ने , नसके प्रतिस्पर्धा गर्ने : देउवा
०

काठमाडौँ, मंसिर २३-
नयाँ नेतृत्व चयनका लागि भोलि काठमाडौंमा कांग्रेसको १४औं महाधिवेशन सुरु हुँदै छ ।
लैनचौरमा कांग्रेसकै नेता डा. प्रकाशशरण महतले लेखेको ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ पुस्तक विमोचन समारोहलाई बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि सुरु हुने भनिएको महाधिवेशन देशकै लागि महत्त्वपूर्ण भएको बताएका छन्।
‘कांग्रेसको महाधिवेशन नेपालकै प्रजातान्त्रिक भविष्यका लाग लागि महत्त्वपूर्ण रहेको उनले बताए ।
आगामी कार्यकालका लागि पनि सभापति पदका दाबेदार प्रधानमन्त्री देउवाले महाधिवेशनमा सहमतिका साथ अगाडि बढ्छौं र केही लागेन भने लोकतान्त्रिक प्रक्रियामा गएर प्रतिस्पर्धा बताए ।
प्रतिस्पर्धामा हुने हार जितलाई सामान्य रूपमा लिनसमेत उनले आग्रह गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























