चितवन विशेष

चितवनमा मादकपदार्थ सेवन गरी बालिका बलात्कार गर्ने युवकलाई १८ वर्ष कैद फैसला

Banner

चितवन,मंसिर २३-

चितवनमा एक युवकलाई १८ वर्ष कैद सजाय र डेढ लाख क्षतिपूर्ति भराउने फैसला भएको छ। मादकपदार्थ सेवन गरी बालिका बलात्कार गरेको आरोप लागेका जिल्ला अदालत चितवनले सो फैसला गरेको हो ।

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका भरतपुर महानगरपालिका ३ का २६ वर्षका जीवन पाण्डेलाई जिल्ला अदालत चितवनका न्यायाधीश केशव अधिकारीको इजलासले १८ वर्ष कैद हुने फैसला सुनाएको छ। भरतपुर महानगरपालिका ३ स्थित नगरवन क्षेत्रमा लगी बलात्कार गरेको भनी पीडित बालिकाको तर्फबाट प्रहरीमा उजुरी परेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>