Breaking News
विद्युत सर्ट भएर भरतपुर अस्पतालमा आगलागी,ठूलो क्षति हुनबाट जोगियो
०

चितवन, मंसिर २२ –
भरतपुर अस्पतालको प्रयोगशाला कक्षमा आगलागी भएको छ । आज बुधबार प्रयोगशालामा अचानक भएको आगलागीलाई अस्पतालमा राखिएका फायर एट्याक्ट ग्याँसबाट निभाइएको छ । प्रयोगशाला कक्षमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट टेबल र तार जलेका छन् । अचानक आगोको मुस्लो निस्किएपछि केहीबेर अस्पतालमा भागदौड भएको छ ।
आगलागी भएपनि ठूलो क्षति हुनबाट जोगिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























