Breaking News
एक सय शैय्याको अस्पताल हुनेले मात्रै नर्सिङ् पढाउन पाउँछन्ः मन्त्री पौडेल
०

चितवन,मंसिर २१-
शिक्षामन्त्री देवेन्द्र पौडेलले आफ्नै एकसय शैय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ् पढाउन पाउने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने बताउनुभएको हो ।
आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले एकसय शैय्याको अस्पताल बनाउन पाउने उल्लेख गरिएको छ भन्दै उहाँले भन्नुभयो, “मापदण्ड पुगेका कलेजले मात्र पढाउन पाउछन् । अन्यको हकमा भने छलफल भइरहेको छ । ”
मन्त्रालयमा केही दिनअघि बसेको बैठकले मान्यता प्राप्त एक सय शैय्याका अस्पताल भएका सबै कलेजमा पठनपाठन सुरु गर्न भनिएको मन्त्री पौडेलको भनाइ थियो ।पिसिएल नर्सिङ्को अध्ययन विसं २०८० बाट खारेज गर्ने भनिएकाले अब यसलाई सञ्चालन गर्न नसकिने जानकारी दिनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























