Breaking News

चितवनमा मानवसेवा आश्रमको भवन निर्माणका लागि महायज्ञ गरिँदै

Banner

चितवन, मंसिर २० –
मानवसेवा आश्रम चितवन शाखाको निर्माणाधिन भवन निर्माण सम्पन्न गरी गृह प्रवेश गराउन महायज्ञ गरिने भएको छ ।

मानव सेवा आश्रमले आज निर्माणाधिन भवनमा पत्रकार सम्मेलन गर्दै यही मंसिर २६ गतेदेखि पुष ४ गतेसम्म श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ गर्न लागिएको जनाएको छ ।

उक्त मानवसेवा आश्रम चितवन शाखाको भवन भरतपुर महानगरपालिका-३ बेलचोक स्थित भगवानदास श्रेष्ठको ६ कट्ठा र उनका ठुला दाजु पे्रमकुमार श्रेष्ठको २ कट्ठा जग्गामा बन्दै छ । श्रेष्ठ परिवारले उक्र जग्गा आश्रमलाई दान गरेको हो ।

भवन निर्माणका क्रममा दुई करोड खर्च भएको र १ करोड ऋण रहेको मानव सेवा आश्रमका प्रवक्ता सुमन बर्ताैलाले जानकारी दिए । बागमती प्रदेश सरकारबाट ५० लाख रुपैयाँ अनुदान आएको उनले जानकारी दिए ।

हाल मानव सेवा आश्रम चितवनले भरतपुरको बाइपासमा भाडाको घरमा ६५ जनालाई आश्रय दिइरहेको छ । निर्माणाधिन अवस्थामा रहेको नयाँ भवनमा १०० जनालाई राख्न सकिने बर्ताैलाले जानकारी दिए ।

महायज्ञमा भागवती भाष्कार कमलनयन गौतमको प्रवचन रहने छ । महायज्ञमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुबाट मर्मस्पर्शी प्रस्तुति, नाटक, झाँकी, भजनकृतन, गीतसङ्गीत लगायतका विभिन्न प्रेरणदायी प्रस्तुति समेत रहने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>