Breaking News

भारतमा ओमिक्रोनका संक्रमितको संख्या २१ पुग्यो

Banner

काठमाडौँ, मंसिर २०-

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका २१ संक्रमित भेटिएका छन् ।

सुरूमा कर्नाटका राज्यमा ओमिक्रोनका संक्रमित भेटिए पनि अहिले अरू राज्य पनि संक्रमण भेटिएको हो ।

इन्डियन एक्प्रेसका अनुसार आइतबार राजस्थानको राजधानी जयपुरमा ९ जना संक्रमित भेटिएका थिए । त्यस्तै महाराष्ट्रको पुने जिल्लामा सात जना संक्रमित थपिएजसमध्ये तीन जना केही दिनअघि अफ्रिकी मुलुक नाइजेरियाबाट भारत आएका थिए।

भारतको राजधानी नयाँदिल्लीमा पनि हिजो (आइतबार) एक ओमिक्रोनको संक्रमित भेटिएसँगै ओमिक्रोनको संक्रमिको २१ पुगेको छ।

ओमिक्रोन भाईरस पहिलो पटक बोत्स्वाना र दक्षिण अफ्रिकामा नोभेम्बर चौथो सातामा पत्ता लागेको र यसले संसारभरका वैज्ञानिक र जनस्वास्थ्य अधिकारीहरूको ध्यान खिचेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>