Breaking News
एमालेको चितवन महाधिवेशनमा ७ लाख बढी जनता सहभागी भएः नेता भट्टराई

चितवन,मंसिर २०-
नेकपा (एमाले)का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले चितवनमा भएको महाधिवेशनबाट एमाले एकतावद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेको फर्केको बताउनुभएको छ । आज भरतपुरमा प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले चितवन महाधिवेशनबाट आर्जन गरेको शक्ति आगामी निर्वाचनमा देखिने बताउनुभयो । उहाँले ५० प्रतिशत बढी स्थानीय तहमा जित्ने र संघ र प्रदेशमा पनि बहुमत हासिल गर्ने लक्ष्यकासाथ एमाले हिँँडेको बताउनुभयो ।
एमालेको महाधिवेशनको उद्घाटनसत्रमा ७ लाख बढी जनता सहभागी भएको दाबी गर्दै उहाँले भन्नुभयो, ‘हामीले रकेर्ड बनाइसक्यौं, त्यो रेकर्ड तोड्न नसकेरै कांग्रेसले आफ्नो महाधिवेशन र माओवादीले राष्ट्रिय सम्मेलनमा जनसभा, जनप्रर्दशन नगर्ने निर्णय गरेका छन् ।
गठबन्धन सरकारकै कारण चौतर्फी लोकतान्त्रिक मूल्यमान्यता भत्किरहेको र संविधान कता छ खोज्नुपर्ने बेला भएको बताउनुभयो । भागबण्डाको राजनीतिले कार्यपालिका ध्वस्त बनेको उहाँको भनाई छ । भट्टराईले सार्वजनिक खरिद ऐन संसोधन गरेर गठबन्धनमा आवद्ध भएकालाई राज्यको सम्पत्ति दुरुपयोग गर्न दिने र कार्यकर्ता पोस्ने प्रपन्च रच्न थालिएको आरोप लगाउनुभयो ।
उहाँले गठबन्धनकै कारण संसद पंगु बनेको आरोप लगाउँदै पार्टीले उठाएका जायज मुद्दाहरु संसदमा ठीक ढंगले सम्वोधन गर्न सक्ने ल्याकत गठबन्धनले नराख्ने बताउनुभयो । संसदलाई पंगु बनाउने काम भएको छ । न्यायालय ध्वस्त छ, सार्वजनिक छविमा धब्बा लागेको छ,उहाँले भन्नुभयो ।’



























