चितवन विशेष

चितवनको रामपुरमा बस र एम्बुलेन्स ठक्करखाँदा ६ जना घाइते

Banner

चितवन,मंसिर १९-

भरतपुर महानगरपालिका–१५ रामपुरमा बस र एम्बुलेन्स ठक्कर खाँदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चौबिसकोठीबाट शारदानगरतर्फ जाँदै गरेको ना ६ ख ९४५८ नंको बसमा सोही दिशातर्फ बिरामी पु¥याउन जाँदै गरेको वाग्मती प्रदेश ०१–०२३ च ९९९ नंको एम्बुलेन्सले आज दिउँसो ठक्कर दिएको थियो ।

ठक्करबाट एम्बुलेन्समा सवार चालकसहित छ जना घाइते भएका हुन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । दुईको मध्यम र तीनजनाको अवस्था सामान्य रहेको छ । घाइतेको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>