Breaking News

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते हुने

Banner

काठमाडौँ, मंसिर १९-

शुक्रबार सार्वजनिक कक्षा १२ को नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीका लागि माघ २ र ३ गते राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि (पूरक) परीक्षा सञ्चालन गर्ने भएको छ ।

दिउँसो ११ बजेदेखि दुई बजेसम्म सञ्चालन हुने उक्त परीक्षामा रजिष्ट्रेसन नम्बरको सुरुको दुई अंक ७७ भएका र बोर्डको मापदण्ड पूरा गरेका परीक्षार्थीले बढीमा दुई विषयको ग्रेड वृद्धि परीक्षामा दिन पाउने ग्रेडवृद्धिको परीक्षा सञ्चालन गर्ने भएको हो ।

विद्यार्थीले दोब्बर शुल्कसहित पुस २२ गते सम्ममा फारम विद्यालयमा बुझाउनु पर्ने र सम्बन्धित विद्यालयले विद्यार्थीहरुद्वारा भरिएको फारम २६ गतेसम्म कार्यलयहरुमा बुझाउनु पर्ने बोर्डले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।

परीक्षाफल रद्द भएका परीक्षार्थीहरूले भने ग्रेड वृद्धिका लागि परीक्षामा सहभागी हुन पाउने छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>