Breaking News
कांग्रेस प्रदेश सुदूरपश्चिममा देउवा पक्षका वीरबहादुर बलायर विजयी

महेन्द्रनगर, मंसिर १९-
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिममा संस्थापन पक्ष (देउवा) निकट वीरबहादुर बलायर सबैभन्दा बढी मतान्तरले विजयी भएर सभापतिमा निर्वाचित भएका छन्। पूर्वमन्त्री बलायरले मिश्रलाई ४ सय ८ मतले पराजित गरेका छन्।
शनिबार भएको निर्वाचनमा जम्मा खसेको १ हजार ३ मतमध्ये प्रदेश सभापतिका लागि बलायरले ६८८ मत प्राप्त गरे।
कसलाई कति मत ?
सभापति: १. नारायणदत्त मिश्र :२८० , २. वीरबहादुर बलायर: ६८८ (विजयी) , उपसभापति : १. जनकराज चौधरी : ६१० (विजयी), २. लोकराज अवस्थी : ५२३ (विजयी), ३.गोपाल सिंह गुरुङ: २८१, ४. मनबहादुर रावल : २६३ , ५. हिम बहादुर रावल : १२१ , महामन्त्री: १. नरनारायण शाह मनु : ६४८ (विजयी), २. मेघराज खड्का : ६३५ (विजयी), ३. प्रताप गुर्धामी : २१४ , ४. रामबहादुर शाही : ३०३ सह-महामन्त्री : १. गोपाल दत्त भट्ट: ५२९ (विजयी), २. चिन्तामणि भट्ट : ५३३ (विजयी), ३. नरेन्द्र प्रसाद भट्ट : २१२, ४. पदम राज पन्त :२५७, ५. लक्ष्मण बहादुर शाही : १६४, ६. हर्कबहादुर स्वाँर : ७१ सह-महामन्त्री (महिला) (कुनै १), १.अम्बिका चलाउने (महिला) : ६८६ ( विजयी), २.खिना भण्डारी (कुँवर) : २३२



























