Breaking News
राप्रपा मतपरिणामः करिब २५ सय मत गन्दा पनि लिङ्देनको अग्रता कायमै
०

काठमाडौं,मंसिर १९-
राप्रपाको अध्यक्षका लागि भएको मतदानको मतगणना भइरहेको छ । हालसम्म करिब २५ सय मतगणना भइसकेको निर्वाचन समितिले जनाएको छ । जसमा अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनले अग्रता कायम गरेका छन् ।
करिब २५ सय मतगणन हुँदा लिङ्देनले ११२१ मत प्राप्त गरेका छन् । त्यस्तै कमल थापाले १०२० मत प्राप्त गरेका छन् । त्यस्तै १०३ मत बदर भएको बताइएको छ ।
राप्रपाका नयाँ नेतृत्वका लागि अन्य पदहरुमा भएको निर्वाचन परिणाम आइसेको छ । तर विजेता घोषणा भने गरिएको छैन । शनिबार ढिला गरि शुरु भएको मतदान राति अबेर सम्पन्न भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























