Breaking News

एक वर्षभित्र एमाले फेरि सरकारमा आइपुग्‍छः ओली

Banner

काठमाडौं,मंसिर १८-

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन्। पूर्व-प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दाबी गरेका हुन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रतासाथ अघि बढाउने आश्वासनसमेत दिए। अध्यक्ष ओलीले सम्पदाहरुको पुनर्निर्माण, राजमार्गलगायत पूर्वाधारको निर्माण कार्य देख्न नसक्नेहरुले आफूलाई सरकारबाट हटाएको पनि दोहोर्‍याए। उनले अब मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने बताए। अध्यक्ष ओलीले मुलुक निर्माण गर्ने साझा उद्देश्य प्राप्तिका लागि आफ्नो पार्टीमा आउन अन्य पार्टीका कार्यकर्ताहरूलाई आह्वानसमेत गरे।

उनले भने, ‘चुनाव हुन अब बेस्सरी ढिला भयो भने एक वर्ष हो। चुनाव भएपछि मैले भनिरहनु पर्लाजस्तो लाग्दैन–अब कसेको सरकार बन्छरु त्यसपछि हामी पुनर्निर्माण र नवनिर्माणको कामहरु अगाडि बढाउँछौँ।‘ उनले अगाडि भने, ‘अब बन्ने सरकार हिजोजस्तो यसलाई तानेर, उसलाई तानेर, जोडेर, योसँग सहकार्य गरेर, यसको वैशाखी टेकेर, यसलाई मिलाएर, बनेको हुँदैन र सजिलै खुस्किनेवाला पनि हुँदैन।‘

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>