Breaking News

काँग्रेस महाधिवेशन: नयाँ नेतृत्वका लागि लुम्बिनी प्रदेशमा मतदान सुरु

Banner

रुपन्देही, मंसिर १८-

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ ।

लुम्बिनी प्रदेशमा संस्थापन र संस्थापन इतर दुबै समूहले प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन् ।

संस्थापनइतरबाट संविधानसभा सदस्य तथा रोल्पाका निवर्तमान जिल्ला सभापति अमरसिंह पुनको नेतृत्वमा प्यानल तयार भएको छ भने संस्थापन पक्षबाट संघिय संसदको सार्वजनिक लेखा समितिका संयोजक भरतकुमार शाहको नेतृत्वमा प्यानल चुनावमा होमिएको छ ।

भैरहवास्थित महेन्द्र सभागृहमा मतदान सुरु भएको निर्वाचन समितिका संयोजक डा। बुद्धबहादुर थापाले जानकारी दिए । उनका अनुसार बिहान १० बजेबाट शुरु हुने भनिए मतदान अहिले ढिलोगरी सुरु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>