Breaking News
राप्रपा महाधिवेशनः राजेन्द्र-धवलको प्यानलमा खुले विक्रम पाण्डे
०

चितवन,मंसिर १७-
राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशनमा उपाध्यक्षका उम्मेदवार बिक्रम पाण्डे अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनको जुलुसमा सहभागी भएका छन् ।
राप्रपाको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी दिएका छन् । नेता पाण्डेलाई दुबै पक्षले आफ्नो प्यानलको उपाध्यक्षको उम्मेदवार भन्दै आएका छन् । तर शुक्रबार दिउँसो उनी लिङ्देनको ¥यालीमा सहभागी भएका हुन् । ¥यालीमा सँगै सहभागी भएपछि अध्यक्षमा पाण्डेको समर्थन लिङ्देनलाई रहेको लिङ्देन पक्षका कार्यकर्ताले बताएका छन् ।
राप्रपाका नयाँ नेतृत्व चयनका लागि शुक्रबार उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मतदान भने शनिबार हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























