Breaking News
राप्रपा अध्यक्षमा उम्मेदवारी दिँदा एक लाख शुल्क लाग्ने, अरु पदमा कति ?
०

काठमाडौं, मंसिर १७ –
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी महाधिवेशन अन्तर्गत अध्यक्ष पदका लागि उम्मेदवारी दिँदा एक लाख रूपैयाँ शुल्क राखिएको छ ।
भृकुटीमण्डपमा महाधिवेशन जारी छ । मनोनयन दर्ता आज र भोलि मतदान हुनेछ । अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङदेनको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिका सदस्य राजु बस्नेतका अनुसार उपाध्यक्षका लागि दर्ता शूल्क ७५ हजार र महामन्त्रीका लागि ५० हजार दर्ता शूल्क लाग्छ ।
यस्तै सदस्य पदका लागि १५ हजारका दरले शूल्क तोकिएको उनले जानकारी दिए । उठेको रकम महाधिवेशन व्यवस्थापनमा खर्च गरिने पार्टीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























