Breaking News
चितवनको जनसभाबाट उत्साहित ओलीले फेरि भने– चाँडो ताजा जनादेशमा जाऔं

चितवन,मंसिर १७-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवनको नारायणी किनारमा एमालेको महाधिवेशन उद्घाटन सत्रमा देखिएको जनसहभागिताबाट उत्साहित देखिएका छन्। केन्द्रीय कार्यालय काठमाडौंमा पदबहाली गर्दै उनले ऐतिहासिक सहभागिता रहेको मात्र बताएनन् ताजा जनादेशमा चाँडै जानुपर्ने समेत बताएका छन्।
जनसहभागितालाई लिएर उनले भने, ुपक्षकी आरोप हुने गर्थो– भाडाका वा किनेका मान्छे ल्याए। यसपालि त्यस्तो सहभागिता भयो, जुन नेपालको इतिहासमा कहिल्यै भएन।सहभागीले स्वस्फुर्त नारा लगाइरहेको र नाचगान गरिरहेको देखेको उनले बताए। उनले थपे, जुलुस आफैं नाचिरहेको थियो। गीत गाइरहेको थियो। खानपिनको प्रबन्ध गरिरहेको थियो।
देश अक्रमण्यताको बन्दी भइरहेको बताउँदै उनले छिटो नयाँ निर्वाचन गराउनुपर्नेमा फेरि जोड दिए। उनले भने, सपार्ने काम भएको छैन। देशलाई अकर्मण्यताको बन्दी बनाउनुहुँदैन। छिटो ताजा जनादेशमा जाउँ। सरकारका कतिपय घटक बिगार्ने भत्काउने काममा मात्रै लागेको उनको आरोप छ। अदालतमा देखिएको अवस्था पनि पाँच दलीय गठबन्धनका कारण निम्तितएको कानुनी क्षेत्रको विसंगति रहेको उनले बताए।



























