Breaking News
चितवनकी सांसद रिना गुरुङद्धारा राप्रपा केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा

चितवन,मंसिर १७-
चितवनकी प्रदेशसभा सांसद रिना गुरुङले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेकी छन् । काठमाडौंमा जारी पार्टीको एकता महाधिवेशनमा उनले केन्द्रीय सदस्य (खुल्लातर्फ) मा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
गुरुङले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य भएर काम गरिसकेकी छन् । चितवनको राजनीतिमा सक्रिय गुरुङ पछिल्लो समय राप्रपाको प्रभावशाली महिलाको रुपमा स्थापित भएकी छन । उनि राजनीतिमा सक्रिय भएपछि चितवनमा राप्रपाका पार्टी गतिविधिहरु बढेका छन् ।
उनले प्रजातन्त्र सहितको राजसंस्था र सर्वधर्म सापेक्ष हिन्दुराष्ट्रका लागि आफू अविचलित रुपमा उभिरहने भन्दै पार्टीको ऐतिहासिक एकता महाधिवेशनबाट केन्द्रीय सदस्य (खुल्लातर्फ) विजयी गराउन आग्रह गरिन् । राप्रपालाई बलियो शक्ति बनाउन महिला र युवाहरुको उपस्थिति जरुरी हुने भएकाले आफु उम्मेदवार बनेको उनले बताइन् । बागमती प्रदेशसभामा राप्रपाका दुई सांसद मध्य गुरुङ एक हुन् ।


























