Breaking News

कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

Banner

काठमाडौं,मंसिर १७-

राष्ट्रिय परीक्षा बोर्डले आज शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ। बोर्डका अनुसारअनुसार नतिजा सार्वजनिक गर्न बिहान ९ बजे बोर्ड बैठक डाकिएको छ। बोर्डको अध्यक्ष रिक्त रहेकोले शिक्षा मन्त्रालयका सचिवले नै बोर्डको अध्यक्षता गर्नेछन्। नयाँ सचिव यादव कोइराला बुधबारमात्र शिक्षा मन्त्रालयमा बहाली गरेका थिए।

बिहीबार सचिव कोइराला परीक्षा बोर्ड पुगेका थिए। बोर्डले सबै काम सकेर प्राविधिक काम पनि सकिएको हुनाले आज नतिजा सार्वजनिक गर्ने भएको हो।  बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>