चितवन विशेष

नवनिर्वाचित एमाले महासचिव पोखरेलद्वारा मदन-आश्रितको शालिकमा माल्यार्पण

Banner

चितवन,मंसिर १६-

नेकपा एमालेका नवर्निवाचित महासचिव शंकर पोखरेलले मदन आश्रितको शालिकमा माल्यार्पण गर्नुभएको छ । दशौं महाधिवेशनबाट महासचिवमा निर्वाचित भएसँगै पोखरेलले बुधबार चितवनको दासढुंगामा रहेको मदन आश्रितको शालिकमा माल्यार्पण गर्नुभएको हो ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जिवराज आश्रितको शालिकमा माल्यार्पण गर्दै महासचिव पोखरेलले मदन आश्रितका विचार र आदर्शलाई अनवरत अवलम्बन गर्ने दृढ संकल्प गर्नुभयो । बदलियो राजनीतिक परिवेशमा जबजको सान्दर्भिकता बढेर गएको भन्दै महासचिव पोखरेलले जबजको मर्म अनुसार नै एमाले अगाडि बढ्ने बताउनुभयो ।

दशौं महाधिवेशनस्थल सौराहाबाट दासढुंगा पुग्नुभएका पोखरेलले जनतालाई खुसी र सुखी बनाउन सके मात्र मदन–आश्रितप्रति सच्चा सम्मान हुने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>