Breaking News

धन्यवाद दिँदै ओली चितवनबाट काठमाडौँ प्रस्थान

Banner

चितवन,मंसिर १५-

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चितवनबाट विदा भएर काठमाडौँ प्रस्थान गर्नुभएको छ । चितवनमा दशौँ राष्ट्रिय महाधिवेशनका लागि आउनुभएका ओली ६ दिनको बसाइँपछि बुधबार काठमाडौँ फर्कनुभएको हो ।

अध्यक्ष ओलीले चितवनमा भव्यताका साथ महाधिवेशन सम्पन्न गर्न सहयोग गरेको भन्दै सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । पार्टीका नेता कार्यकर्ता, चितवन लगायत देशभरका नागरिक, सुरक्षाकर्मीलाई उहाँले धन्यवाद दिनुभयो । उहाँलाई विदाई गर्न भरतपुर विमानस्थलमा जिल्लाका नेता कार्यकर्ता उपस्थित भएका थिए ।

ओलीसँगै महाधिवेशनमा सहभागी हुन आउनुभएका केन्द्रीय नेताहरुपनि बुधबारनै फर्किनुभएको छ । मंसिर १० गते एमाले महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्दसत्र ११ गतेदेखि १४ गतेसम्म सौराहामा भएको थियो । महाधिवेशनले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ कमिटी चयन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>