Breaking News

विक्रम पाण्डेले राप्रपाको उपाध्यक्षमा उम्मेदवारी दिने

Banner

चितवन,मंसिर १६-

नेता विक्रम पाण्डेल राप्रपाको उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन । राप्रपा स्रोतका अनुसार उनि कमल थापा समूहबाट उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका हुन् । पुर्वमन्त्री समेत रहेका पाण्डे चितवन क्षेत्र नम्वर ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग निर्वाचन लडेका थिए ।

राप्रपा अध्यक्ष कमल थापा समूहले सहमतिबाट नेतृत्व चयन हुन नसके निर्वाचन लड्नका लागि टिम बनाएको छ । थापा निकट एक नेताकाअनुसार विक्रम पाण्डे, वुद्धिमान तामाङ, र ध्रुवबहादुर प्रधान उपाध्यक्ष लड्ने भएका छन् ।

महिला महामन्त्रीमा रोशन कार्की उपाध्यक्ष लड्नेछिन् । महामन्त्रीमा जयन्त चन्द पनि उमेदवार बन्नसक्ने उनले बताए । यस्तै महामन्त्रीमा भुवन पाठक, कुन्ति शाहीमध्ये एकजना महामन्त्रीमा टुङ्गो लाग्न ती नेताले जानकारी दिए ।

राप्रपाको विधानमा ६ जना उपाध्यक्ष र ६ जना महामन्त्री बन्ने व्यवस्था छ । जसमध्ये ३ जना प्रत्यक्ष र ३ जनालाइ अध्यक्षले मनोनित गर्ने व्यवस्था छ । उपाध्यक्ष र महामन्त्रीमा एक एकजना महिला अनिवार्य गरिएको छ । पदाधिकारीमा ७ जना सहमहामन्त्री, ७ जना सहायक महामन्त्री र एकजना कोषाध्यक्ष अध्यक्षले मनोनयन गर्न पाउने व्यवस्था विधानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>