Breaking News

अब हाम्रो नारा ‘राजा आऊ देश बचाऊ’ होइन, ‘जनता आऊ राजा ल्याऊ’ होः थापा

Banner

काठमाडौं,मंसिर १५-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सडकबाटै राजसंस्था पुनर्बहाली गरिने दाबी गरेका छन्। बुधबार सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले संसदको दुई तिहाई पर्खेर नभई लाखौं जनता सडकमा उत्रिएर राजा फर्काइने बताए।

उनले अब पार्टीको नारा ‘राजा आऊ देश बचाऊ’ नहुने भन्दै जनता आऊ राजा ल्याऊ हुने पनि बताए। अब हाम्रो नारा राजा आऊ देश बचाऊ होइन, जनता आऊ राजालाई ल्याऊ हो। जुन दिन राप्रपाले काठमाडौंको सडकमा एक लाखभन्दा बढी मानिस निरन्तर उतार्न सक्छ, त्यो अवस्थामा संविधानको दुईतिहाइ बहुमत पर्खेर राप्रपा बस्दैन। संसदको शक्ति र सडकको शक्तिबाट राजालाई नागार्जुनबाट नारायणहिटीमा राख्ने काम जनताले गर्छन् ।’

हिन्दु राष्ट्रको स्थापनाका लागि पनि संविधानको दुई तिहाई बहुमत पर्खेर बस्नुपर्ने अवस्था नरहेको बताए। हिन्दु राष्ट्र स्थापनमा तुलनात्मक रुपमा केही सजिलो भएको उनको भनाइ थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>