Breaking News

राप्रपा पार्टीको महामन्त्री पदमा उठ्ने तयारी गर्दै रेखा थापा

Banner

काठमाडौँ, मंसिर १५-

आजदेखि काठमाडौंमा राप्रपाको महाधिवेशन सुरू भएको छ र उद्घाटन सत्र सकिएपछि बन्द सत्र हुने छ।

बिहीबार उम्मेदवारको मनोनयन दर्ता र निर्वाचन हुने भएको हो ।

मनोनयन दर्तागर्ने क्रममा राप्रपा नेतासमेत रहेकी नायिका रेखा थापाले समेत पार्टीको महामन्त्री पदमा उठ्ने तयारी गरेकी छन् । उनले लिङ्देन पक्षबाट महामन्त्री पदमा उठ्ने तयारी गरेकी हुन् ।

महामन्त्रीमा रेखासहित लिङ्देन पक्षबाटै नेता गोविन्द खनिया र नेपालगञ्ज उपमहानगरका मेयरसमेत रहेका नेता धवलशम्शेर राणा पनि आकांक्षी छन्।

राप्रपामा अध्यक्ष थापा र लिङ्देन पक्षबाट अध्यक्ष, उपाध्यक्ष र महामन्त्री पदमा प्यानलसहित नै उम्मेदवारी दर्ता हुने सम्भावना छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>