Breaking News
राप्रपाको एकता महाधिवेशन : तीन अध्यक्षद्वारा उद्घाटन

काठमाडौँ, मंसिर १५-
आजदेखि काठमाडौंमा सुरु हुने भनिएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को एकता महाधिवेशन सुरु भएको छ।
महाधिवेशनको तीन अध्यक्ष पशुपति शमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले राजधानीको भृकुटीमण्डपमा पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गरेका हुन् ।
राप्रपाको यो महाधिवेशनमा वर्तमान अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन नयाँ अध्यक्षका लागि चुनावी मैदानमा छन्। एकता महाधिवेशनबाट नेतृत्व लिन खोजेका थापालाई पशुपतिशमशेर जबरा, लोकेन्द्रबहादुर चन्द लगायतले साथ दिने भएका छन् भने लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनी र धवलशमशेर राणा जस्ता वरिष्ठ नेताहरूले साथ दिएका छन्।
राप्रपाको यो महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधिबाट सहभागी भएका छन्म र देशका विभित्र राजनीतिक दलहरूका नेता पनि अतिथिका रुपमा महाधिवेशनमा सहभागी भएका छन्।
























