Breaking News

पटक-पटकको विभाजनले सानो पार्टी झन् सानो बन्यो,नेकपा मसालका असन्तुष्टले फुटाए पार्टी

Banner

बुटवल,मंसिर १४-

नेपाल कम्युनिष्ट पार्टी मसाल फेरि विभाजित भएको छ । पार्टीमा फरक विचार राख्दै आएपछि कारबाहीमा परेका र पार्टीभित्र रहेका असन्तुष्ट नेता–कार्यकताहरुको राष्ट्रिय भेलाले नेकपा मसाल केन्द्रीय समन्वय समिति गठन गरेका हुन् ।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमा ३१ जिल्लाका १९१ जना प्रतिनिधि सहभागी राष्ट्रिय भेलाले पूर्वसांसद सन्तबहादुर नेपालीको संयोजकत्वमा ५६ जनाको केन्द्रीय समन्वय समिति र ११ सदस्यीय सल्लाहकार समिति गठन गरेको जनाएको छ । पत्रकार सम्मेलनमा जनाए अनुसार समन्वय समितिको प्रवक्तामा कृष्णराज पौडेल चयन भएका छन् । अन्य नेताहरूको नाम सार्वजनिक नगर्ने नीति रहेको सो समूहले जनाएको छ ।

सो अवसरमा नेतृत्वले सातौँ महाधिवेशनपछि पार्टीमा फरक मत राख्नेलाई कारबाही गर्दै पार्टीबाट पाखा लगाउन खोजेको संयोजक नेपालीले गुनासो गरे । उनले आफूहरुले समितिले संघीय व्यवस्था खारेज गर्न, एमसीसी सम्झौता खारेज गर्न, भारतद्वारा अतिक्रमित भूभागका सन्दर्भमा उच्चस्तरीय राजनीतिक तहबाट वार्ता गरी सीमा विवाद अन्त्य गर्न, १९५० लगायतका असमान सन्धी खारेज गर्न, कालापानी क्षेत्रबाट भारतीय सेना फिर्ता गर्नुपर्ने लगायतका माग सरकारसँग रहेको बताए ।

समन्वय समितिमा पार्टी नेताहरू विमल शर्मा,गोविन्द सिंह थापा,जीवन शर्मा,रामबहादुर बुढा,नारायण योगी,शशिधर भण्डारी, गंगाधर शर्मा,दीपक पौडेल लगायतका नेताहरू रहेको जनाएको छ । नेकपा मसाल पटक विभाजन हुँदा सकिने अवस्थामा पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>