Breaking News

कांग्रेस चितवनको निर्वाचन गराउन आएका अधिकृतले राजिनामा दिए

Banner

चितवन,मंसिर १४-

नेपाली काँग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजिनामा दिएका छन । उनले केन्द्रीय निर्वाचन समिति संयोजकलाई पत्र लेखेर राजिनामा दिएका हुन् ।

पोखरेलले स्वास्थ्य स्थिति प्रतिकूल रहेको भन्दै बाँकी जिल्ला अधिवेशन गराउन असमर्थ रहेको जनाएका छन । उनले राजिनामा स्वीकृतका लागि केन्द्रीय समितिलाई आग्रह गरेका छन ।

उहाँले राजीनामा पत्रमा कांग्रेस चितवनको विभिन्न तहको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्र र जिल्ला समितिसमेतको निर्वाचन सम्पन्न गराउने गरी निर्वाचन अधिकृत तोकेकोमा आफूले जिम्मेवारी पाएलगत्तै अत्यन्त जिम्मेवारीका साथ केन्द्रीय निर्वाचन समितिको निर्देशनलाई पालना गर्दै सबै पक्षको सहयोग र समन्वयमा जिल्ला कार्यसमितिबाहेक सबै तहका निर्वाचन अत्यन्त उत्साहका साथ सौर्हाद्वपूर्ण वातावरणमा सफलताका साथ सम्पन्न गरेको छु, भनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>