Breaking News
नेपाली कांग्रेसको जिल्ला सभापतिमा उत्तम जोशीद्वारा उम्मेदवारी घोषणा

चितवन, मंसिर १४ –
नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनका सचिव उत्तम जोशीले जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आज मंगलबार भरतपुरमा उम्मेदवार घोषणा कार्यक्रमको आयोजना गर्दै जोशीले अब आफूले जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरे ।
१४ औं महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसको अहिले जिल्ला अधिवेशनहरु चलिरहेका छन् । देशभर ५७ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ ।
उम्मेद्वारी घोषणा गर्दै जोशीले कांग्रेसलाई आगामी निर्वाचनमा चितवनमा विजय गराउने गरी आफू लाग्ने बताए । विपक्षीहरुसँग सामना गरी नेपाली कांग्रेसलाई स्थानीय निर्वाचन, प्रदेश निर्वाचन र प्रतिनिधि सभा निर्वाचनमा अत्याधिक बहुमतका साथ जिताउन आवश्यक रहेको बताउँदै उनले कांग्रेस आन्तरिक विवादमा धेरै अल्झिन नहुने बताए ।
२०४६ सालको जनआन्दोलनबाट राजनीतिमा होमिएका उत्तमसँग निकै लामौ राजनैतिक अनुभव रहेको छ ।

























