Breaking News

एमाले महाधिवेशनः मतदान सकियो,केहीबेरमा मतगणना

Banner

चितवन,मंसिर १४-

नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । बिहान ४ बजेदेखि सुरु भएको मतदान ११ः२५ बजे सकिएको हो ।

निर्वाचनमा २ हजार १ सय ५३ मत खसेको केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले जानकारी दिनुभयो । महाधिवेशनमा २ हजार १ सय ५३ प्रतिनिधि सहभागी थिए । निर्वाचनमा विद्युतिय मेसिन प्रयोग गरिएकाले मतपरिणम छिट्टै सार्वजनिक हुनेछ । मतदानका लागि एक जनालाई १० देखि १५ मिनेटसम्म लागेको थियो ।
बन्दसत्रबाट पदाधिकारी सहितको केन्द्रीय कमिटी घोषणा गर्ने जिम्मा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको थियो । अध्यक्ष ओलीले घोषणा गरेको सूचीप्रति केही नेतासँगै प्रतिनिधि सन्तुष्ट नभएपछि चुनावी प्रक्रिया सुरु भएको हो । पदाधिकारी संगै सदस्यका लागि पनि मतदान भएको छ ।

चुनावमा अध्यक्षका लागि अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल प्रतिस्पर्धामा हुनुुहन्छ । त्यस्तै उपाध्यक्षका लागि ओलीले घोषणा गरेकाबाहेक घनश्याम भुसाल चुनावी मैदानमा हुनुहुन्छ । सचिवमा पनि ओलीले घोषणा गरेकाबाहेक भीम आचार्य र टंक कार्की चुनाव लड्नुभएको छ । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>