Breaking News

कांग्रेस वडा अधिवेशन: हिजो गोली चल्यो, आज झडप, मतदान अधिकृत सहित ५ घाइते

Banner

सर्लाही मंसिर १३-

नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा सर्लाहीमा आज (सोमबार) पनि झडप हुँदा मतदान अधिकृत सहित ५ जना घाइते भएका छन् ।

गोली चलेको एक दिन नबित्दै पुनः वडा अधिवेशनकै क्रममा विवादले उग्र रूप लिएर झडप भएको हो ।

सर्लाहीका एसपी कृष्ण प्रसाईका अनुसार निर्वाचन क्षेत्र ४ स्थित बलरा नगरपालिका वडा नम्बर ८ को अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झा माथि आक्रमण भएपछि प्रहरीसँग पनि झडप भएको थियो ।

त्यस्तै उक्त झडपमा झा सहित तीन जना प्रहरी र एक सर्वसाधारण गरी पाँच जना घाइते भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>