Breaking News

नेपाली कांग्रेस अधिवेशन : ५२ जिल्लामा सकियो, देउवा र पौडल बराबर ?

Banner

चितवन, मंसिर १३ –
नेपाली कांग्रेसको ५२ जिल्लामा जिल्ला अधिवेशन सकिएको छ । अब २५ जिल्लामा भने जिल्ला अधिवेशन हुन बाँकी छ।

सर्वसम्मत नभएका जिल्लामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबीच कडा प्रतिस्पर्धा भएको छ ।

५२ जिल्लामा अधिवेशन हुँदा सभापति देउवा र वरिष्ठ नेता पौडेल बराबर देखिएका छन् । सिटौला पक्षबाट भने झापामा एक सभापतिले जितेका छन् ।

देउवा र पौडेल पक्षले २५÷२५ जिल्लामा सभापति जितेका छन् भने जाजरकोट सभापति कतै पक्षतिर पनि खुल्न चाहेका छैनन् ।

सर्वसम्मत भएका कतिपय जिल्लामा भने देउवा र पौडेल पक्षले आ/आफ्ना पक्षधरले जितेको दाबीसमेत गर्ने गरेका छन् ।

मोरङमा भने दोस्रोपटक मतदान भएको छ । कांग्रेसमा सभापति जित्न ५१ प्रतिशत मत नल्याए दोस्रोपटक मतदान गर्ने व्यवस्था छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>