Breaking News
कांग्रेस प्रदेश अधिवेशन दुई दिन पर सार्ने निर्णय
०

काठमाडौँ, मंसिर १३-
नेपाली कांग्रेसले प्रदेश अधिवेशनको मिति सारेको छ।
आज बालुवाटारमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच भएको छलफलपछि प्रदेश अधिवेशन सार्ने निर्णय भएको हो।
यसअघि बनाइएको कार्यतालिकामा मंसिर १५ गते उम्मेदवारी दर्ता गरी १६ र १७ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको थियो । तीन नेताबीच आज भएको सहमति अनुसार अब १७ गते उम्मेदवारी दर्ता गरि १८ र १९ गते सातै प्रदेशको अधिवेशन गरिने भएको छ ।
कांग्रेसको १४औं महाधिवेशन आउँदो मंसिर २४–२६ मा काठमाडौंमा हुँदैछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























