Breaking News
सर्वसम्मत एमाले महासचिव बने शंकर पोखरेल
०

चितवन, मंसिर १३-
चितवनको सौरहामा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत निर्वाचित भएर शंकर पोखरेल महासचिव चुनिएका छन् ।
सोमबार मनोनयन दर्ताको समय अवधिभित्र अन्यको उम्मेदवारी नपरेपछि पोखरेल सर्वसम्मत महासचिव बनेको निर्वाचन समितिले जनाएको हो ।
महासचिव पदमा पोखरेल सँगै विष्णु पौडेलको पनि दाबेदार थिए तर दुवै ओली निकट भएकाले अध्यक्ष ओलीले पौडेललाई उपाध्यक्ष र पोखरेललाई महासचिवमा प्रस्ताव गरेका थिए ।
त्यस्तै लुम्बिनी प्रदेशको पूर्वमुख्यमन्त्री रहेका पोखरेल नवौं महाधिवेशनबाट उपमहासचिव पदमा पराजित भएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























