Breaking News

एमाले चितवनकी अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

Banner

चितवन,मंसिर १३-

नेकपा (एमाले) चितवनकी अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् । चितवनको सौराहामा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा बागमती प्रदेश तर्फ महिला सदस्य पदमा उम्मेद्वारी दिएकी रावल सर्वसम्मत निर्वाचित भएकी हुन् ।

भूगोलतर्फ तीन जनाको कोटामा तीन जना मात्रै उम्मेद्वारी परेको छ । रचना खड्का र पेम्बा लामा पनि निर्विरोध निर्वाचित भएका छन । रावल चितवनकी लोकप्रिय महिला नेतृको रुपमा परिचित छन । जिल्लामा उनको नेतृत्व रहेका वेला जिल्लामा पार्टीको राष्ट्रिय महाधिवेशन भव्य रुपमा संचालन भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>