Breaking News
एमालेको महाधिवेशन : उम्मेदवारी दर्ता गराउन कुन पदमा कति शुल्क लाग्छ ? (सूचीसहित)
०

चितवन, मंसिर १३ –
नेकपा एमालेको १० औं महाधिवेशनको बन्द सत्र सौराहमा चलिरहेको छ ।
सहमतिमा पदाधिकारी चयन गर्ने प्रयास असफल भएपछि अहिले निर्वाचनका लागि उम्मेद्वारको दर्ता भइरहेको छ ।
दर्ता गराउनका लागि निर्वाचन अयोगले शुल्क तयार पारेको छ । आयोगका अनुसार अध्यक्षमा १५ हजार, पदाधिकारीमा १० हजार, केन्द्रीय सदस्यमा ५ हजार, आयोग अध्यक्षमा १० हजार, पदाधिकारी तथा सदस्यमा ५ हजार शुल्क तोकिएको छ । यसका अतिरिक्त फारम दस्तुर बराबर १०० रुपैयाँ तोकिएको छ ।
उम्मेदवारी दर्ता सम्बन्धी व्यवस्थामा उम्मेदवार फारम दर्ता उम्मेदवार स्वयम् उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ । विशेष कारण उपस्थिति हुन नसकेमा तोकेबमोजिमको वारिसनामामार्फत दर्ता गर्न सकिने आयोगले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























