Breaking News

अध्यक्षमा जितेपछि एमालेलाई आगामी निर्वाचनमा बहुमत दिलाउँछु : भीम रावल

Banner

चितवन, मंसिर १३ –
एमाले अध्यक्षमा जितेपछि पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिलाउने बताएका छन् ।

एमालेको जारी महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दर्ता गर्दै नेता भीम रावलले सो कुरा बताएका हुन् । उनले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउन उम्मेदवारी दिएको बताए ।

उनले पार्टी नेतृत्वका लागि कसैले घोषणा गर्दैमा नहुने भन्दै आफूले अध्यक्षका लागि उम्मेदवारी दिएको बताए ।

‘पार्टीमा अहिले कुनै समूह छैन’, उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हरेक प्रतिनिधिलाई आफूलाई मन लागेको पदमा उठ्ने अधिकार छ । मैले पनि आफ्नो अधिकार प्रयोग गरें ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>