Breaking News

यी हुन् अध्यक्ष ओलीले बन्दसत्रमा पेश गरेका चितवनका १० केन्द्रीय सदस्यको नाम

Banner

चितवन,मंसिर १२-

नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी तथा सदस्यको नाम प्रस्ताव गर्नुभएको छ । ओलीले पेस गरेका ३०१ जनामध्ये चितवनबाट रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, काशिनाथ अधिकारी, देवी ज्ञवाली, कपिल शर्मा, सीता पौडेल, जेएन थपलिया,पार्वती रावल, प्रभा बराल र शिवकुमारी गोतामे केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ ।

सर्वसम्मतिको प्रयास गरे पनि ओलीविरुद्ध भीम रावलले अध्यक्षमा उठ्ने घोषणा गरिरहेका बेला उहाँले आइतबार दिनभर गरेको कसरत अनुसार तयार गरेको सूची पेश गर्नुभएको हो । उहाँले सूची तयार गरेपछि अध्यक्षमण्डलको बैठक राख्नुभएको थियो । उक्त बैठकमा रावलले जुनसुकै हालतमा पनि ओलीविरुद्ध उठ्ने घोषणा गर्नुभएको छ ।

३०१ जना केन्द्रीय सदस्यहरूले प्रक्रियाअनुरूप सोमबार मनोनयनपत्र दर्ता गराउनुपर्नेछ। यो नामावली समझदारीका लागि घोषणा गरिएको र उनीहरूले विधिवत् रूपमा केन्द्रीय सदस्य चुनिन प्रक्रियामा जानैपर्ने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>