Breaking News

सौराहाको होटल सफारीमा एमाले अध्यक्ष ओली निरन्तर छलफलमा,अझै टुंगो लागेन

Banner

चितवन,मंसिर १२-

शनिबारको बन्दसत्र सकेर होटल पार्क सफारी छिरेका एमाले अध्यक्ष केपी शर्मा ओली अझै निस्किएका छैनन् । केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय कमिटी टुङ्ग्याउने जिम्मा पाएका ओलीकहाँ धेरै प्रतिनिधि तथा नेताहरू आइरहेका छन् ।

होटलबाट निस्कँदा कतिपय नेताहरूको मुहार उज्यालो छ भने कतिपयले आक्रोश व्यक्त गर्दै ओर्लिएका छन् । ओलीलाई भेटेर ओर्लिएका एक नेताले भने, ‘समयको ख्याल छैन । खाली बार्गेनिङमात्रै । बिहान सुरु हुनुपर्ने कार्यक्रम अझै सुरु भएको छैन ।’

बिहान ८ः३० बजेबाट सुरु हुने भनिएको बन्दसत्र अझैसम्म सुरु हुन सकेको छैन । बन्दसत्र साँझ ७ बजेबाट सुरु हुने बताइए पनि सुरु हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>