Breaking News
एमालेमा जनवाद सकियो,ओलीको डनवाद सुरु भयोः गगन थापा

चितवन,मंसिर १२-
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले चितवनमा भइरहको नेकपा एमाले महाधिवेशनको बन्द सत्रलाई ओली सेसनको संज्ञा दिएका छन्। नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा आइतवार बोल्दै नेता थापाले यसो भनेका हुन्।
उनले नारायणी किनारमा अहिले कोही पनि स्वतन्त्र हुन नसकेको बताउँदै प्रतिस्पर्धाबाट एक्लिएका भीम रावललाई प्रहरीले सुरक्षा दिइरहेको पनि जिकिर गरे। थापाले एमालेमा अब जनवाद सकिएको बताउँदै केपी शर्मा ओलीको डनवाद शुरु भएको आरोप पनि लगाएका छन्।
नेता थापाले तत्कालीन प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा गरेका काम हेर्दा आफूलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेन जस्तो लागेको बताए। ओलीको आदर्श पुरुष उनै हुन सेन रहेको आरोप पनि उनले लगाए। हुन सेनविरुद्धमा लेख्ने र बोल्नेले आफ्नो काम छोडेर बिदा हुनुपरेको भन्दै नेता थापाले ओलीको विपक्षमा खडा हुने व्यक्ति मञ्चबाट नै भीम रावलको जसरी लखेटिने बताएका छन्।
























