Breaking News

जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २५ जना घाइते

Banner

काठमाडौं, मंसिर १२-

जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना६ख २७५७ नम्बरको बस आज बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका-१३ बराहचौर भन्ने स्थानमा सडकबाट बस करीब दुई सय मिटर तल खसेको  हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाको अनुसार दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइतेहरुमध्ये तीनको  अवस्था गम्भीर रहेको र उनीहरुलाई  उपचारको लागी जिल्ला अस्पताल जाजरकोट पुर्‍याइएको छ ।

बस दुर्घटनाको कारण खुलेको छैन र मृतकहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>